राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किनु नैतिकताको प्रश्न : झलनाथ खनाल

डिसी नेपाल
२८ माघ २०८१ १३:१२

बिराटनगर। नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पूर्व राष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्किनु नैतिक प्रश्न भएकाले सम्बन्धित व्यक्तिले नै यसबारे सोच्नपर्ने बताएक छन्।

सोमबार विराटनगरमा समाजवादी प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता झलनाथ खनालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्काउनु राजनैतिक मूल्य मान्यतामा देखिएको विग्रह भएको बताए।

एक प्रश्नको जवाफमा सम्मानित नेता झलनाथ खनालले संविधान संशाेधन भन्दा पनि संविधान पूनरावलोकन गर्न सुझाव दिए। उनले विगत १० वर्षमा संविधान कार्यान्वयन नै नभएको अवस्थामा संविधानले काम गर्न नसकेको भन्नु गलत टिप्पणी भएको बताए।

उनले शासकिय स्वरुप परिवर्तनले मात्र मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन सम्भव नरहेको बताए। खनालले सामाजिक संजाललाई नियमन गर्नैपर्ने अवस्था रहेको भएपनि वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने गरी विधेयक ल्याउन आग्रह गरे।

उनले सामाजिक संजाललाई मर्यादित बनाउन पनि नियमन गर्नुपर्ने धारणा व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *