छक्का हान्दै दक्षिण अफ्रिकाका म्याथ्यु ब्रिजकेले बनाए एकदिवसीय क्रिकेटमा विश्व कीर्तिमान
![छक्का हान्दै दक्षिण अफ्रिकाका म्याथ्यु ब्रिजकेले बनाए एकदिवसीय क्रिकेटमा विश्व कीर्तिमान](https://www.dcnepal.com/wp-content/uploads/2025/02/396374.jpg)
काठमाडौं । दक्षिण अफ्रिकाका ओपनिङ ब्याटर म्याथ्यु ब्रिजकेले एकदिवसीय क्रिकेटमा इतिहास रचेका छन् । उनी एकदिवसीय क्रिकेटमा डेब्यु खेलमा १५० रन बनाउने पहिलो र एकमात्र खेलाडी बनेका छन् ।
सोमबार न्युजिल्याण्डविरुद्धको खेलमा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका उनले छक्का हारेर कीर्तिमान बनाएका हुन् । न्युजिल्याण्डका बलर बेन सियर्सको बलमा छक्का हान्दै उनले १५० रन पूरा गरेका हुन् । यद्यपि त्यसपछि आफूले खेलेको पहिलो बलमै उनी आउट भए ।
यसअघि एकदिवसीय क्रिकेटको डेब्यू खेलमा सर्वाधिक स्कोर वेस्ट इन्डिजका डेसमोन्ड हेनसको नाममा थियो । उनले सन् १९७८ मा अस्ट्रेलियाविरूद्ध डेब्यूमा १४८ रन बनाएका थिए ।
प्रतिक्रिया
Facebook Comment