नेपालीको जीवन र जीविकाेपार्जन सहज बनाउन सरकार अघि बढिरहेकाे छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले हरेक नेपालीको जीवन र जिविकाेपार्जन सहज बनाउन सरकार अघि बढिरहेकाे बताएका छन्। साेनाम ल्हाेसारकाे अवसरमा शंकरापुर नगरपालिका वडा नं ४ मा आयाेजित कार्यक्रममा सम्बाेधन गर्दै सिंहले यस्ताे बताएका हुन्।
राजनीति स्थीरता नभए अर्थतन्त्र चलायमान नहुने र विकास निर्मनणकाे काम पनि हुन नसक्ने आवश्यक्ता बाेध गरेरै अहिले नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू मिलेर सरकार बनेकाे पनि उनले प्रष्ट पारे।
वर्तमान सरकार राजनीतिक स्थायीत्वका लागि बनेकाे हाे। अर्थतन्त्र चलायमान बनाउन स्थीरता नभइ नहुने हाम्राे अनुभवबाटै अनुभूत गरेका छाैं। राजनीतिक स्थायित्वकाे जगमा हरेक नेपालीको जीवन र जिविकाेपार्जन सहज बनाउन सरकार अघि बढिरहेकाे छ,´ उपप्रधानमन्त्री सिंहले भने, चुनावमन भिन्न दलकाे फरक एजेन्डा हुनसक्छ । तर, परिणाम आइसकेपछि विकास निर्माणकाे काममा सबै राजनीतिक दल, समुदाय, जनप्रतिनिधि मिल्नुपर्छ । प्राथमिकता तय गरेर काम गर्नुपर्छ।´
उनले अहिले आफू देशभर जाँदा विकासका काममा राजनीतिक दलहरू मिलेर अघि बढ्ने राजनीतिक संस्कार देखेकाे भन्दै खुशी पनि व्यक्त गरे।
त्यस्तै उपप्रधानमन्त्री सिंहले अधिकारकाे माग गर्नु जनताकाे अधिका र भन्दै अधिकारसँगै जिम्मेवारीबोध गर्नुपर्नेमा पनि जाेड दिए। धेरै लामाे संघर्ष गरेर समावेशी संविधान प्राप्त भएकाे भन्दै उनले प्राप्त उपलब्धि सुरक्षित गर्न राजनीतिक स्थिरता हुनुपर्ने बताए।
त्यस्तै उपप्रधानमन्त्री सिंहले चाडपर्वहरू परम्पराकाे जगेर्ना गर्न, आपसी सद्भाव बढाउन र खुशी साटासाट गर्न महत्वपूर्ण हुने भन्दै ल्हाेसारकाे शुभकामना व्यक्त गरे। नेपाल बहुभाषिक,बहुसाँस्कृतिक र बहुजातीय देश भएपनि सबैकाे पहिचान, भाषा, संस्कृति, पहिचानकाे सहअस्तित्व स्वीकार्ने नेपाली समाजकाे सुन्दरता भन्दै यसलाई जाेगाउनुपर्नेमा जाेड दिए।
Facebook Comment