माइक्रोबसको ठक्करबाट एकको मृत्यु, एक जना घाइते

डिसी नेपाल
२८ माघ २०८१ २३:४३

त्रिशूली (नुवाकोट) । नुवाकोटमा आज माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

काठमाडौंबाट नुवाकोटतर्फ आउँदै गरेको विद्युतीय माइक्रोबसले जिल्लाको लिखु गाउँपालिका–५ अमिलेबोटेमा मोटरसाइकललाई ठक्कर दिँदा उत्तरगया गाउँपालिका–५ रसुवाका पुरुषोत्तम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गम्भीर घाइते भएका मोटरसाइकलका चालक उत्तरगया–५ का २५ वर्षीय प्रमोद थापा उपचार भइरहेको छ। माइक्रोबसका चालक विदुर नगरपालिका–४ का नारायण बर्देवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *