बिद्युतको तार सर्ट भई १ घरमा आगलागी: लाखौंको क्षति, ५ वटा चौपाया जले!
![बिद्युतको तार सर्ट भई १ घरमा आगलागी: लाखौंको क्षति, ५ वटा चौपाया जले!](https://www.dcnepal.com/wp-content/uploads/2025/02/newskarkahna-news814051.jpg)
रौतहट। सर्लाही जिल्ला स्थित गएराती बिद्युतको तार सर्ट भएर १ घरमा भएको आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ भने ५ वटा चौपायाको जलेर मृत्यु भएको छ।
स्थानिय रामनगर गाँउपालिका ३ रामटोल बस्ने अनुप महराको कच्ची फुसको घरमा विधुतको तार सर्ट भई सोमवार राती साढे ७ बजे आगलागि हुँदा घर पुर्णरुपमा जली नष्ट भएको हो। सो क्रममा घर भित्र रहेको बाख्रा-५ वटा जली मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीमा परेर लताकपडा, कागजपत्र, अन्नपात, नगद १० हजार सहित जम्मा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताएका छन्।
घटनाको खबर लगत्तै प्रहरी चौकी खैर्वा बहुर्वाबाट असई बालकिशोर साहको कमाण्डमा १० जनाको टोली खटि गएर प्रहरी र स्थानीयवासीहरुको सहयोगमा १ घन्टा भित्रै आगो पुर्णरुपमा नियन्त्रणमा लिएको सर्लाही प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
Facebook Comment