ग्वाटेमालामा बस दुर्घटना परी ५१ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोकको घोषणा
![ग्वाटेमालामा बस दुर्घटना परी ५१ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोकको घोषणा](https://www.dcnepal.com/wp-content/uploads/2025/02/Guatemala-Bus-Crash.jpg)
काठमाडौं,। ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीको बाहिरी भागमा एउटा यात्रुबाहक बस पुलबाट खसेको छ ।
यो घटनामा ५१ जनाको मृत्यु भएको छ । फायर ब्रिगेड अफिसर एडविन भिल्लाग्रानका अनुसार धेरै सवारी साधन एक आपसमा ठोक्किए पछि बस ३५ मिटर गहिरो नालीमा खसेको थियो ।
आधा बस नालीमा डुबेको थियो । जसका कारण मानिसहरु बसबाट बाहिर निस्कने मौका पाएनन । बस प्रोग्रेसोबाट शहर आउँदै थियो।
यसै क्रममा ग्वाटेमालाका राष्ट्रपतिले यस घटनामा ३ दिनको बिदाको घोषणा गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment