युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखेको नियमावली

डिसी नेपाल
२९ माघ २०८१ १०:०८

काठमाडाैं। युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले नेपाल स्काउटको कर्मचारी नेपाल सेवा नियमावाली २०५२ लाई संसोधन गर्ने क्रममा श्री ५ को सरकार लेखिएको पुरानै व्यवस्थामा हस्ताक्षर गरेको कागजात बाहिरिएको थियो।

त्यसपछि विवादमा तानिएका मन्त्री चौधरीले तत्काल उक्त त्रुटी सच्याएका छन्। आफुले भुलवस् टाइप त्रुटी भएको कागजातलाई प्रमाणिकरण गरेको भन्दै मन्त्री चौधरीले आजै उक्त त्रुटी सच्याएका हुन्।

उनले नेपाल स्काउटलाई पत्र लेख्दै, “मिति २०८१ स्काउट राष्ट्रिय परिषद्को बैठक २०८१ कार्तिक १० बाट संशाेधित, नेपाल स्काउट कर्मचारी सेवा नियमावाली २०५२ संशोधन २०८१ को अनुसुची ४ (क) को १ र ऐ. ४ (ख) को ४ मा टाइपमा त्रुटी भई नेपाल सरकार लेखिनुपर्नेमा श्री ५ को सरकार लेखिन गएकाले उक्त श्री ५ को सरकार शब्दावली नेपालको संविधान २०७२ भाग-१ धारा-१ मा “यो संविधान नेपालको मूल कानुन हो, यस संविधानसँग बाँझिने कानुन बाँझिएको हदसम्म अमान्य हुनेछ” भन्ने व्यवस्था विपरीत रहेको पाइएकाले उक्त त्रुटी सच्चयाइ नियमावलीमा उल्लेखीत श्री ५ को सरकार लेखिएको शब्दावलीको सट्टा नेपाल सरकार शब्दावली राखी प्रमाणीकरण गरि कार्यान्वयनका लागि पठाइएको” जानकारी गराएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *