अमेरिकामा फेरी ठोक्किए दुई बिमान: १० दिनमा अमेरिकामा चौँथो बिमान दुर्घटना

डिसी नेपाल
२९ माघ २०८१ १२:००

वासिंगटन डिसी। संयुक्त राज्य अमेरिकाको एरिजोनाको स्कट्सडेल विमानस्थलमा सोमबार निजी जेट विमानहरू ठोक्किँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् ।

संघीय उड्डयन प्रशासनले एक निजी जेट रनवेबाट बाहिर निस्केको र अर्को जेटसँग ठोक्किएको बताएको छ। अहिले अमेरिकी प्रशासनले यस विषयमा अनुसन्धान सुरु गरेको छ । अमेरिकामा पछिल्लो १० दिनमा भएको यो चौथो विमान दुर्घटना हो ।

जानकारी अनुसार यो घटना सोमबार दिउँसो २ बजेर ४५ मिनेटमा भएको हो । लियरजेट ३५ ए विमान अवतरणपछि धावनमार्गबाट ​​बाहिरिएको थियो । यस पछि एउटा गल्फस्ट्रिम २०० र्‍याम्पमा रहेको बिजनेस जेटसँग ठोक्कियो । विमानस्थलमा उडानहरू अस्थायी रूपमा रोकि राखिएको अवस्था थियो । विमानमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन् ।

यसअघि अमेरिकाको अलास्काबाट नोम सहर जाँदै गरेको विमान अचानक बेपत्ता भएको थियो, त्यसपछि खोजी सुरु गरिएको थियो र अहिले उक्त विमानको भग्नावशेष समुन्द्रको हिउँमा फेला परेको छ । विमान समुद्री बरफमा दुर्घटनाग्रस्त भयो र जहाजमा सवार सबै १० जनाको मृत्यु भएको थियो ।

घटनाको जानकारी दिँदै अमेरिकी तटरक्षक गार्डका प्रवक्ता माइक सालेर्नोले उद्धार टोलीले हेलिकप्टरमार्फत हराइरहेको विमानको निरन्तर खोजी गरिरहेको जानकारी दिँदै खोज टोलीले विमानको भग्नावशेष समुद्री बरफमा फेला पारेको बताए । दुई पौडीवाजलाई तल झरेर अनुसन्धान गर्दा विमानमा सवार ९ जना यात्रुसहित पाइलटको मृत्यु भएको पाइएको थियो ।

यसअघि पनि अमेरिकामा दुइ बिमान आकासमा ठोक्किएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *