जवान निर्देशकले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै

मुम्बइ। भाइजान अर्थात् सलमान खान यही ईदमा फिल्मको पर्दामा भब्य रूपमा आउँदैछन्।
उनको बहु प्रतिक्षित चलचित्र ‘सिकन्दर’ को तयारी लगभग पूरा भएको छ। बाँकी रहेका साना कामहरू जुनसुकै मूल्यमा फ्रेबुअरी मसान्तसम्ममा पूरा गर्नु पर्नेछ। एआर मुरुगादासले फिल्मको सम्पादनको काम पनि एकैसाथ चलिरहेको छ । यस्तो अवस्थामा फ्यानले चिन्ता लिनुपर्ने अवस्था छैन किनभने यो फिल्म इदमा मात्रै रिलिज हुनेछ।
तर ‘सिकन्दर’ भन्दा पनि सलमान खान र एट्लीको फिल्मको कुराले अहिले अलि बढी नै चर्चा पाएको छ । एट्ली ठूलो फिल्म बनाउने तयारीमा छन्। यही कारण शाहरुख खानको ‘जवान’ भन्दा बढी बजेटमा यो तस्विर बनिरहेको छ । एटलीको अर्को फिल्मको अस्थायी शीर्षक हो, ए ६ । चलचित्र अहिले प्रि–प्रोडक्सन चरणमा छ। तर यसले धेरै हेडलाइन्स पाइरहेको छ।
यसैबीच, बलिउड हंगामामा एक रिपोर्ट प्रकाशित भएको छ। यो फिल्म ५ सय करोडको ठूलो बजेटमा बन्ने बताइएको छ । यो भारतीय सिनेमाको महँगो फिल्म मध्ये एक हुनेछ । वास्तवमा शाहरुख खानको ‘जवान’ को बजेट ३०० करोड थियो । फिल्मले एक हजार करोडभन्दा बढी कमाएको थियो ।
सलमान खान र एट्ली एक्शन फिल्मको लागि सँगै आउँदैछन्। रिपोर्टका अनुसार यो एक पिरियड ड्रामा हुनेछ, जसमा एट्लीले एउटा अनौठो र फरक संसार बनाउने योजनामा रहेका छन् । वास्तवमा एटली मात्र होइन, सलमान खान पनि उनीसँग काम गर्न निकै उत्साहित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
यही कारणले गर्दा उनी फिल्ममा ट्रान्सफर्मेसन गर्न पूर्णरुपमा तयार छन् । यो फिल्मका लागि उनले तौल घटाउनु पर्ने सर्त राखिएको छ । जसका कारण ए ६ मा उनको विशेष लुक हुनेछ।
एट्ली स्वयंले अपकमिङ फिल्मको बारेमा संकेत दिइसकेका छन्। सलमान खानलाई पनि प्रोजेक्टको बारेमा सबै कुरा भनि सकिएको छ । यसैबीच स्क्रिप्टको काम पनि लगभग सकिएको खुलासा भएको छ । अहिले सम्पूर्ण टिम मिलेर तयारी गरिरहेको छ । चलचित्रको औपचारिक घोषणा पनि छिट्टै हुने बताइएको छ ।
यद्यपि एट्लीले फिल्मको बारेमा धेरै जानकारी भने अझै दिएका छैनन् तर केही संकेत भने उनले दिइ सकेका छन । उनले कास्टिङमा दर्शकको अपेक्षा पूरा गर्ने बताए । वास्तवमा फिल्मको फाइनल कास्टिङ भइसकेको छ । भनिन्छ, रजनीकान्त बाहेक रश्मिका मन्डन्नाले पनि सलमान खानसँग फिल्ममा काम गर्न सक्छिन् तर यसको कही कतैवाट अहिलेसम्म केही पुष्टि भइसकेको भने छैन् ।
Facebook Comment