डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ

डिसी नेपाल
३० माघ २०८१ ९:०२

धनगढी। धनगढीमा मंगलबार राति ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । चक्कु बोकेर सडकमा हल्ला गर्दै हिडिरहेका व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा उनी माथी चक्कु प्रहारको प्रयास भएको हो।

चक्कु हातमा लिई सडकमा हिँडिरहेका धनगढी उपमहानगरपालिका-१४ निवासी ३६ वर्षीय टेकबहादुर टमटालाई नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीले जानकारी दिएको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ती युवकले चक्कु प्रहारको प्रयास गरेको देखिन्छ । उनलाई मंगलबार राति नै पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *