नेपालमै बसेर विश्वका राम्रा विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढ्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
![नेपालमै बसेर विश्वका राम्रा विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढ्न सकिन्छ : उपप्रधानमन्त्री सिंह](https://www.dcnepal.com/wp-content/uploads/2025/02/476389630_4005546873048488_1649376668141034398_n.jpg)
काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा शिक्षा क्षेत्रमा पहिले भन्दै धेरै सुधार भएकाे बताएका छन्।
बुधबार नेविसंघ पाटन संयुक्त क्याम्पस इकाइले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उनले अहिले राम्राे विषय पढ्नका लागि नेपालमै सम्भव भएकाे भन्दै देशभित्रै बसेर पनि विश्वका उत्कृष्ट विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढ्न सकिने बताए।
उनले आफू विद्यार्थी हुँदा अध्ययनका लागि सिमित विषय मात्र रहेपनि अहिले विद्यार्थीहरूका लागि विषय छनाैटमा धेरै विकल्प रहेकाे पनि बताए। ‘अहिले शिक्षाकाे गुणस्तरलाई लिएर प्रश्न गरिन्छ। अहिले तपाईहरूसँग अध्ययनका लागि यति धेरै मल्टिपल च्वाइसेसहरू छन्।
पहिले त त्यति थिएन,´ उपप्रधानमन्त्री सिंहले भने। उनले आफ्नो बेलामा राम्राे विद्यार्थी विज्ञान, त्यसपछि कमर्श र आर्टसकाे विकल्प नभएकाे स्मरण गर्दै भने, अहिले संसारका राम्रा राम्रा विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम नेपालकै विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढाइ भइरहेकाे छ।´
उनले अहिले विद्यार्थीले देशभित्रै धेरै विषय राेजेर पढ्न सक्ने अवस्था बनेकाे बताउँदै प्राप्त अवसरकाे देशभित्रै बसेर सदुपयाेग गर्नेतर्फ ध्यान दिन पनि सुझाव दिए।
त्यस्तै उनले आफ्नाे अगाडि आएकाे अवसरलाई अधिकतम उपयाेग गरेर आफ्नाे लक्ष्य हासिल गर्नेतर्फ ध्यान दिनुपर्नेमन पनि जाेड दिए।
नभएका कुरामा गुनासाे मात्र गर्ने भन्दा भएका कुरालाई उपयाेग गर्नुपर्नेमा उनकाे भनाइ थियाे। किन भएन भनेर प्रश्न गर्न पाइने भन्दै उनले आफ्नाे भविष्य निर्माणका लागि प्राप्त कुराहरूकाे अधिकतम सदुपयोग गर्नेतरणफ पनि साेच्न सुझाव दिए।
`भइरहेकाे कुरालाई त्यति महत्व नदिने तर नभएकाे कुरालाई यसाे भएन, किन भएन भनेर मात्र भएन। मेराे भनाई के हाे भने करियर बनाउने तपाईहरूकाे जुन लक्ष्य छ। त्यसलाई पूरा गर्न अध्ययन गरिरहनुभएकाे छ। यसलाई अधिकतम सदुपयाेग गरेर मेहन गरेर आफ्नाे करियर स्थापित गर्न लाग्नुहाेस्,´ उनले भने।
पाटन संयुक्त क्याम्पसमा नेविसंघको पहलमा बनेकाे पुस्तकालय उपप्रधानमन्त्री सिंहले हस्तान्तरण गरे।
Facebook Comment