धनगढीको ६ लेन सडकमा प्रहरीमाथि नै चक्कु प्रहार गर्न खोजेपछि…

डिसी नेपाल
३० माघ २०८१ १३:२५

धनगढी । मंगलबार राति धनगढीको ट्राफिक चौराहमा ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ।

राति करिब ८:१५ बजेको समयमा एक युवक हातमा चक्कु लिएर ‘हरहर महादेव’ धनगढीको ६ लेन सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले उल्टै प्रहरीमाथि दौडेर चक्कु प्रहारको प्रयास भएको थियो। यतिबेला ती युवकको हर्कत कैद गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

प्रहरीमाथि आक्रमण गर्न खोज्ने युवक ३६ वर्षीय टेकबहादुर टमटा हुन्। उनी धनगढी उपमहानगरपालिका–१४ का बसिन्दा हुन्। उनलाई मंगलबार राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा टमटा मानसिक रूपमा अस्वस्थ रहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *