पशुपतिनाथलाई गोवा राज्यका मन्त्रीद्वारा ३५ केजी चन्दन अर्पण
![पशुपतिनाथलाई गोवा राज्यका मन्त्रीद्वारा ३५ केजी चन्दन अर्पण](https://www.dcnepal.com/wp-content/uploads/2024/03/NP_KTM_IMG_7189.jpg)
काठमाडौं। पशुपतिनाथलाई भारतको गोवा राज्यका स्वास्थ्य तथा सहरी विकास मन्त्री विश्वजीतप्रताप रानेले ३५ केजी चन्दन उपलब्ध गराएका छन्।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवामार्फत उनले पशुपति क्षेत्रमा आयोजित कार्यक्रममा चन्दन उपलब्ध गराएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए।
सो अवसरमा परराष्ट्रमन्त्री राणाले नेपाल–भारतबीच सदियौँदेखि सांस्कृतिक एवं सामाजिक सम्बन्ध रहँदै आएकाले त्यसलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएकी थिइन्। गोवाका मन्त्री रानेले द्विपक्षीय सम्बन्ध विस्तार गरी नेपालको धार्मिक, सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। पशुपतिनाथका मूल अर्चक गणेश भट्टले रानेलाई विशेष पूजासमेत गराएका थिए। मूल अर्चक भट्टको पहलमा मन्त्री रानेले पशुपतिनाथलाई चन्दन चढाएका हुन्।
गोवाका मन्त्री रानेले मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेट गरी दुवै देशबीचको धार्मिक, सांस्कृतिक सम्बन्धलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।
Facebook Comment