छ महिनामा काभ्रेमा तीन सय ५२ अभियुक्त पक्राउ

डिसी नेपाल
१ फागुन २०८१ १२:०२

काभ्रेपलाञ्चोक। छ महिनाको अवधिमा विभिन्न अपराधिक घटनामा सम्लग्न दुई सय ५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

कार्यालयद्वारा सार्वजनिक गरिएको चालु आर्थिक बर्षको अर्धबार्षिक प्रतिवेदनमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी यूनिटद्वारा उक्त सङ्ख्याका अभियुक्त पक्राउ भएको जनाइएको हो।

प्रतिवेदन अनुसार गत साउन महिनादेखि पौष मसान्तसम्म जिल्लामा घटेका ३ सय १ अपराधिक घटनामा २ सय ५२ जना अभियुक्त पक्राउ परेका हुन्। यस्तै प्रतिवेदनमा शान्ति-सुरक्षा अपराध नियन्त्रण र विपद् ब्यवस्थापनअन्तर्गत भएका विभिन्न घटनाको विश्लेषण सहितको तथ्यांक सार्वजनिक गरेको जनाइएको छ।

विश्लेषणात्मक रुपमा सार्वजनिक गरिएको प्रतिवेदनमा अपराधको प्रकृति तथा संलग्न व्यक्ति, सुरक्षा–अवस्था तथा चुनौतिलगायतबारे आम नागरिकलाई जानकारी रहोस् भन्ने उद्देश्य राखिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए।

“सुरक्षा ब्यवस्था कडा बनाउने हाम्रो जिम्मेवारी त छँदैछ, थर सुरक्षा अवस्था र घटनाको विश्लेषणबाट आम नागरिक र सरोकारवालाबाट थप सुझाव आओस् भन्ने उद्देश्य पनि हो”, प्रजिअ ढकालले भने। उनका अनुसार जिल्लामा घटनाहरुको प्रकृति विष्लेषण गर्दा प्रविधिमैत्री सुरक्षामा थप कडाई गर्नुपर्ने देखिएको छ। ढकालले भने, “प्रविधिको विकाससँगै विकृत शैलीमा घटना भएको देखिएका छन्, यसलाई गम्भीरतापूर्वक लिएका छौं।”

कार्यालयको तथ्यांक अनुसार यही अवधिमा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी ७८ जना घाइते भए। जिल्लामा तीन जनाको हत्या भएको तथ्यांकले देखिएको छ। ५७ जनाले आत्महत्या गरेको तथा प्राकृतिक प्रकोपका ४९ घटनामा ८१ ज्नाले ज्यान गुमाउनुपर्यो। यस्तो घटनामा ९७ जना घाइते भएका थिए।
यस्तै यही अवधिमा एक सय ३ जना विशिष्ठ ब्यक्तिले काभ्रेपलाञ्चोक भ्रमण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

३ सय २५ पसल तथा व्यापारिक संस्थाको अनुगमन गर्दा ६ फर्मलाई जरिवाना गरिएको छ भने १ सय ३२ वटा पसलबाट सामान जफत गरी ५५ हजार जरिवाना गराइएको जनाइएको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धुलिखेलमा चालु आर्थिक वर्षको ६ महिनामा रु १० करोड ८३ लाख राजश्व संकलन भएको छ। यसबीचमा सहिद परिवारलाई ७६ लाख ८० हजार भुक्तानि गरिएको छ। २३ करोड ८० लाख विपद्मा प्रभावित परिवारलाई राहत वितरण गरिएको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *