इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व संस्कृति भट्टले गर्ने
![इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व संस्कृति भट्टले गर्ने](https://www.dcnepal.com/wp-content/uploads/2025/02/IMG_0628.jpeg)
काठमाडौँ। इजिप्टको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२५’ मा नेपालको प्रतिनिधित्व संस्कृति भट्टले गर्ने भएकी छन् । ग्रीन आर्ट मिडियाले भट्टलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’को ताजसहित प्रतियोगिताका लागि छनौट गरेको हो।
द स्ट्रन्द लाउन्ज एण्ड बार, बतिसपुतलीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच ग्रीन आर्ट मिडियाले भट्टलाई प्रतियोगीको रुपमा सार्वजनिक गरेको हो। भट्टलाई कार्यक्रममा ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’ ताज ‘मिस इको इन्टरनेशनल नेपाल २०२४, २०२२’ र २०१७ कि विजेता क्रमस फ्लाविया मर्हजन शोफिया भुजेल र रोनाली अमात्यले लगाइदिएका थिए।
कार्यक्रममा ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौल, ग्रीन आर्टस मिडियाकी निर्देशक तथा ‘मिसेज युनिभर्स नेपाल २०१९’ अनिला श्रेष्ठ लगायतको कार्यक्रममा उपस्थिती थियो।
‘मिस इको इन्टरनेशनल २०२५’ आगामी अप्रिलमा इजिप्टमा आयोजना हुँदैछ। ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिताका लागि भट्ट नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन्। भट्टलाई प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरुबाट ग्रुमिङ गरिनेछ।
कार्यक्रममा भट्टले मिस इको आफ्ना लागि एउटा राम्रो अवसर भएको बताइन्। उनले अवसर प्रदान गर्ने ग्रीन आर्ट मिडिया प्रति आभार ब्यक्त गरिन् । कार्यक्रममा उनले नेपालका कल्चरल, साँस्कृतिक र पर्यटकीय स्थानको समेत प्रचार गर्ने बताएकी थिइन्।
ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ २०१५ देखि मिस इको इन्टरनेशनलको आधिकारिक नेपाल राष्ट्रिय निर्देशकको रुपमा चुनिएकी हुन्। मिडियाको सिइयोमा प्रविन लाकौल रहेका छन्।
मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो। जसको एल.टी.सि.पि. अर्गनाइजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो। यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ।
Facebook Comment