क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
![क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक](https://www.dcnepal.com/wp-content/uploads/2025/02/WhatsApp_Image_2025-02-14_at_9.58.09_PM1.jpeg)
काठमाडौं। क्याप्टेन वेदप्रकाश उप्रेतीको ‘पायलट प्रेम’ पुस्तक सार्वजनिक गरिएको छ।
सिनामंगलस्थित एभिएसन म्युजियममा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त पुस्तक विमोचन गरेका हुन्। नेपाल, भारत र इन्डोनेसियामा लामो समयदेखि विमान चालक (पाइलट) को जिम्मेवारी निर्वाह गरेका उप्रेतीले आफ्नै अनुभव र विभिन्न भोगाईलाई पुस्तकमा समावेश गरेका छन्।
सो अवसरमा पर्यटनमन्त्री पाण्डेले उप्रेतीको कृतिले नयाँ सिर्जनाको थालनी गरेको बताए। एभिएसन म्युजियमले पनि धेरै सम्भावनाको ढोका खुलेको उनले उल्लेख गरे। पर्यटनमन्त्री पाण्डेले अथाह पर्यटकीय सम्भावना भएको नेपालको पर्यटन प्रवर्द्धनका निम्ति यस्ता सङ्ग्रहालय उपयोगी हुने बताए।
क्याप्टेन उप्रेतीले आफ्नो पाइलट जीवनका भोगाई र अनुभवलाई समेटिएको कृतिले पाइलट अध्ययन गर्न चाहने विद्यार्थीकालागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे। उडान क्षेत्रको जोखिम र साहसिक कामका साथै जीवनका विभिन्न भोगाइलाई कृतिमा समेटिएको उनले बताए।
Facebook Comment