आज शनिबार, कस्तो छ तपाईंको राशिफल?

डिसी नेपाल
३ फागुन २०८१ ६:१६

बि.सं.२०८१ फागुन ३ गते शनिवार , ई.सं.२०२४ फ्रेबुअरी १५, नेपाल सम्बत ११४५ सिल्लागा तृतिया, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, बसन्त ऋतु, फागुन कृष्ण तृतिया, पञ्चाङ्ग: सुकर्मा वणिज उत्तर सूर्य राशि: कुम्भ, प्रथम करणः  वणिज  याेगः सुकर्मा । आज नेपालमा सूर्योदय बिहान ०६:४४ बजे, सूर्यास्त साँझ ०५:५३  बजे हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा मुखमा  दही खाएर  जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर २०  मिनेट देखि ८ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

न्यायपूर्वक गरेको पुरानो लगानीबाट आम्दानी बढ्नेछ। परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बौद्धिक क्षेत्रमा मानसम्मान मिल्नेछ। पारिवारिक सम्बन्ध सुधार हुनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ कामको थालनी हुने योग छ। मनमा उत्साह र उमङ्ग बढ्नेछ। अधुुरा काम बन्नेछन्

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आम्दानी बढ्नेछ। स्वदेशमा भन्दा विदेशमा मन जानेछ। आलोचना हुने दिन छ। पारिवारिक साथ सहयोग मिल्नेछ। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । कामबाट पनि फुर्सद पाइने छ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समयमा होस नपुग्नाले काम रोकिन सक्छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आम्दानीको स्रोत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन सकिंदैन । आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

श्रम र प्रयत्नको उचित मूल्य प्राप्त हुनेछ । अप्रत्याशित उपलब्धी प्राप्त हुँदा मनमा उमङ्ग पलाउने छ । गरी आएका व्यापारव्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा नै हुनेछ । परिवारमा राम्रो वातावरण हुँदा मन शान्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । सञ्चित धन खर्च हुने योग छ। मन अशान्त रहे पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारमा हरेक काममा मेहनत गर्नुपर्ने दिन छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मन अशान्त बन्नेछ। व्यवहारिक बोझले सताउने योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मान र सम्मानमा वृद्धि हुनेछ। सेवामूलक कार्यमा मन रमाउने छ। सञ्चित धन खर्च गर्नुपर्ने काम आइलाग्नेछ। परिवारले भने अप्ठेरोमा साथ र सहयोग गर्नेछन्।

प्रकाशक:प्रसिद्ध ज्योतिषगुरु डा.बिबेक
(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तु सम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिषगुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नु हुनेछ।)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *