पूर्व प्रिमियर लिग फुटबलरलाई गोप्य सेक्स भिडियोको लागि जेल सजाय

डिसी नेपाल
३ फागुन २०८१ ८:०८

सियोल। दक्षिण कोरियाली अन्तर्राष्ट्रिय फुटबलर ह्वाङ उइ-जोले एक महिलासँग उनको सहमति बिना यौन सबन्धको फिल्म बनाएको आरोपमा  जेल सजाय तोकिएको छ।

योनहाप समाचार एजेन्सीका अनुसार ३२ वर्षीय पूर्व प्रिमियर लिग फरवार्ड, जसले अक्टोबरमा दोषी स्वीकार गरेका थिए, जस अनुसार शुक्रबार दुई वर्षको लागि निलम्बित र एक वर्षको जेल सजाय सुनाइएको छ।

योनहापका अनुसार न्यायाधीश ली योङ जेले भने, ‘गैरकानूनी फिल्मिङ अपराधबाट हुने सामाजिक क्षतिको गम्भीरतालाई ध्यानमा राख्दै कडा सजाय दिन आवश्यक छ।’ न्यायाधीशले अगाडी भने, ‘ह्वाङले पीडितको इच्छाविपरीत आफ्नो मोबाइल फोन प्रयोग गरी चार पटक यौन सम्पर्कको दृश्य खिचेका थिए।’

पत्रकारहरूले मुद्दा पछि पीडितलाई भन्नु पर्ने केही छ कि भनेर सोध्दा ह्वाङले आफूबाट गल्ती भएको भएको बताए। ‘म व्यक्तिगत रूपमा फुटबल प्रशंसकहरूसँग माफी चाहन्छु र साँच्चै धेरै दुःखी महसुस गर्छु,’ ह्वाङले भने। जो खेलाडी टर्किएमा स्थानतरण हुनु नटिङ्घम फरेस्टका लागि आरक्षित रहेका थिए।

उता, ह्वाङकी भाउजुले जुन २०२३ मा ब्ल्याकमेल गर्ने प्रयासमा ह्वाङको निजी भिडियोहरू पोस्ट गरेपछि यो घोटाला बाहिर आएको थियो। उनी भने अहिले ब्ल्याकमेल गरेको अभियोगमा ३ वर्ष जेलमा रहेकी छिन् । अभियोजकहरूले अक्टोबरमा मुद्दाको अन्तिम बहस गर्दा ह्वाङलाई ४ वर्षको जेल सजाय माग गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *