मान्छे मरेको मौका छोपी चार घरमा चोरी

डिसी नेपाल
३ फागुन २०८१ १०:०३

बैतडी । बैतडीका चार घरमा चोरी भएको छ। डिलाशैनी गाउँपालिका–५ नगराउँका चार घरमा गएराति चोरी भएको हो।

गाउँमा एक जनाको निधन भएपछि अन्य गाउँले उनको घरमा गएको मौका छोपी चोरी भएको डिलाशैनी गाउँपालिका–५ का वडाअध्यक्ष यज्ञराज भट्टले जानकारी दिए। नगराउँका काशी गिरी, हरेन्द्र जोशी, रामदत्त जोशी र धनीदत्त जोशीको घरबाट चोरी भएको अध्यक्ष भट्टले बताए।

चोरले काशी गिरीको घरमा रहेका कालिका मन्दिरका अन्दाजी १४ र ११ केजीका दुईओटा तामाका ताउली चोरेर लगेका छन् भने हरेन्द्र जोशीको घरबाट अन्दाजी ११ केजीको तामाको ताउली चोरी भएको छ।

यस्तै रामदत्त जोशीको घरबाट दुईओटा तामाका गाग्री चोरी भएका छन् धनीदत्त जोशीको घरबाट अन्दाजी १३ केजीको तामाको ताउली चोरी भएको अध्यक्ष भट्टले बताए।

गाउँमा चोरी भएको विषयमा गोकुलेश्वर प्रहरीचौकीलाई जानकारी गराइसकिएको भए पनि चोर पत्ता लाग्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *