सत्ता पक्षीय दलको बैठक बस्दै
![सत्ता पक्षीय दलको बैठक बस्दै](https://www.dcnepal.com/wp-content/uploads/2025/02/kp-oli-sher-bahadur-deuba-bhet.jpg)
काठमाडौं । सत्ता पक्षीय दलको बैठक बस्ने भएको छ। आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो।
बैठकमा अध्यादेशलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक अध्यादेशबारे निष्कर्षमा पुग्ने बताइएको छ।
यसअघि शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो।
शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेता बैठकमा सहभागी भएका थिए।
प्रतिक्रिया
Facebook Comment