नाबालिकासहित महिलाले माछा पोखरीमा हामफालिन्, शिशुको मृत्यु

डिसी नेपाल
३ फागुन २०८१ ११:२०

विराटनगर । मोरङको बेलबारीमा नाबालिका छोरीसहित एक महिलाले पोखरीमा हाम पालेकी छन्।

बेलबारी नगरपालिका–९ तीनखुटियाका गंगाराम यादवकी पत्नी प्रीति यादव पोखरीले पोखरीमा हाम फालेकोमा उनको उद्धार गरिए पनि नाबालिकाको ज्यान गएको छ।

६ महिनाकी छोरी काव्या यादवसहित शुक्रबार साँझ ७:३० बजेतिर माछा पोखरीमा हाम फालेकी यादवको उद्वार गरि उपचार भइरहेको प्रहरीले जनाएको छ।

अस्पताल पुर्‍याउन साथ राति ८:३० बजेतिर शिशुलाई भने चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीको भनाइ छ। आमाको पनि अवस्था गम्भीर छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *