अध्यादेश स्वीकृत गर्न सहमति जुटिसक्यो : गृहमन्त्री
![अध्यादेश स्वीकृत गर्न सहमति जुटिसक्यो : गृहमन्त्री](https://www.dcnepal.com/wp-content/uploads/2025/02/Ramesh-lekhak.jpeg)
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यादेश स्वीकृत गर्न सहमति जुटेको बताए।
शनिबार सत्ता पक्षीय बैठक पश्चात पत्रकारसँग कुरा गर्दै लेखकले अध्यादेशलाई अगाडि बढाउनेबारेमा सकरात्मक रुपले निष्कर्षमा पुगेको बताएका छन्।
उनले भने, ‘शिर्ष नेताहरुको बैठक बस्यो। मुख्य रुपमा नेपाल सरकारले जारी गरेका अध्यादेश जुन अहिले संघीय संसदको दुबै सदनमा दर्ता भएका छन् ति अध्यादेशहरु संघीय संसदको दुबै सदनमा स्वीकृत गराउनुपर्ने भएकाले त्यसै बिषयमा केन्द्रित भएर छलफल भएको छ। समसामयिक राजनीतिक विषयमा पनि केही छलफल भएका छन्। मुख्य रुपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउनेबारेमा छफफल सकरात्मक रुपले निष्र्कषमा पुगेको छ। ’
उनले अध्यादेश पास हुने प्रकियामा अगाडि बढाउन अन्य नेताहरुसँग पनि फोन संवाद भएको जानकारी दिए।
‘अध्यादेश पास हुने प्रकियामा अगाडि बढ्छ। सबै राजनीतिक दलहरुसहमतभएका छन्। बहुमतको साथ अब चाँडै अघि बढ्छ। जसपा नेपालका माननीय उपेन्द्रजी, माननीय राजकिशोरजीसँग फोनमा बार्ता भएको छ।सहमती अनुसार अध्यादेश स्वीकृतको गर्छौ। सम्भवत फागुन ६ गते सभामा प्रस्तुत हुन्छ।
अध्यादेशहरु प्रतिस्थापन हुन्छ, भूमिसम्बन्धी अध्यादेशमा पनि प्रतिस्थापन हुन्छ। संविधान संशोधनको विषयलाई छलफल गर्न कार्यदल बनाउने कुरामा सहमत भइसकेका छौ। संविधानका सवल पक्ष र दुर्वल पक्षमा पहिचान गरी संविधानमा परिपार्जन संशोधनको आवश्यकताा छ पहिचान गरी सबैसंग संवाद गर्छौ।’
Facebook Comment