क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा आवेदन माग

डिसी नेपाल
३ फागुन २०८१ १९:५७

काठमाडौं। रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको हो। आगामी १६ गतेसम्म आवेदन दिन सकिने क्यानले जनाएको छ।

मुख्य प्रशिक्षकका लागि कम्तिमा ईसिबी वा सिएबाट लेभल ३ को पार गरेको हुनुपर्ने, कम्तिमा ५ वर्ष व्यवसायीक रुपमा प्रशिक्षणको अनुभव हुनु पर्ने, क्रिकेट कल्चर तथा एसोसिएट राष्ट्रको ओडिआई साईकलबारे जानकार हुनुपर्ने क्यानले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *