पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

डिसी नेपाल
३ फागुन २०८१ २२:४८

पाल्पा। जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ चालु आर्थिक वर्षको पुस २९ गतेसम्म ५३ वटा साइबर अपराधका उजुरी परेका हुन्।

विसं २०८० फागुन ७ देखि २०८१ पुस २९ गतेसम्म सोसम्बन्धी ५३ वटा उजुरी दर्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए। दर्ता भएकामध्ये ‘फेसबुक ह्याकिङ’ सम्बन्धी १६ र अन्य ३७ उजुरी रहेका छन्।

साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म १७ वटा मात्र फछ्र्यौट भएको प्रहरी उपरीक्षक चन्दले बताए। सामाजिक सञ्जाल ‘फेसबुक, ट्विटर, युट्यूब, म्यासेन्जर, इमो, इन्स्ट्राग्राम, अनलाइन, इमेल, एटिएम, भाइबर र ह्वाट्सएप’मार्फत साइबर अपराधका घटना हुने गरेका छन्।

सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपेको उपरीक्षक चन्दको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *