प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनासम्बन्धी निवेदनको सुनुवाइ सुवेदी र पाण्डेको इजलासमा

डिसी नेपाल
४ फागुन २०८१ १०:५५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा दर्ता गरेको अदालतको अवहेलना सम्बन्धि निवेदनको सुनुवाई आज न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको छ ।

सर्वोच्च अदालतले गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसलामा नेपाल सरकारनो नाममा जारी गरेको निर्देशनात्मक आदेश सरकारले कार्यान्वयन नगरेर अदालतको अवहेलना गरेको आरोप लगाउँदै अधिवक्ता अर्यालले निवेदन दर्ता गराएका छन् । गिरीबन्धि टी स्टेट्समा सरकारले हदबन्दीमा छुट दिएको जग्गा अन्य प्रयोजनमा प्रयोग गरेर भ्रष्टाचार भएको आरोपसहित मुद्दा दर्ता गर्ने पनि अधिवक्ता अर्याल नै थिए ।

यो मुद्दामा अदालतले अधिवक्ता अर्यालको पक्षमा फैसमा गरेको थियो । अदालतले एक वर्षअघि २०८० को माघमा गरेको फैसलामा हदबन्दी छुटमा दिइएको जग्गाको उपयोगको अवस्था पत्ता लगाउन, खाली राखिएको अवस्थाको जग्गा पहिचान गर्न, प्रयोग नभएको वा अन्य प्रयोजनमा उपयोग भएको जग्गा तत्काल सरकारको नाममा ल्याउन र हदबन्दीभन्दा बढी देखिएको र चिया उद्योगको नाममा उपयोग नभएको जग्गा सरकारको नाममा ल्याउन निर्देशनात्मक आदेश दिएको थियो ।

फैसलाको पूर्णपाठ महान्यायाधीवक्ताको कार्यालय र प्रधानमन्त्रीको कार्यालयमा दर्ता भएको ७ महिनासम्म पनि सरकारले अदालतको आदेश कार्यान्वयन नगरेको बरू उल्टै अदालतको फैसला कार्यान्वयनको काममा हस्तक्षेप र अवरोध गरेको अर्यालको आरोप छ । उनले अदालतको अवहेलना कसूरमा सरकारमाथि कारवाही हुनुपर्ने माग गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *