प्रधानमन्त्रीलाई उरै भञ्ज्याङ सडक निर्माण गर्न प्रतिबद्धतासहितको सांसद आलेद्वारा प्रश्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलेलाई नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको सबैभन्दा महत्वपूर्ण आयोजना धनगढी–खुटिया–दिपायल–बझाङ चैनपुर हुँदै उरै भञ्ज्याङ् सडक निर्माणका विषयमा आज प्रश्न सोधेका छन्।
आज प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसद आलेले प्रधानमन्त्री लाई पहिरो प्रश्न राख्नु हुँदै उक्त सडक सुदूरपश्चिम प्रदेशकै महत्वपूर्ण आयोजना भएको र अहिले एक अर्वको बहुबर्षीय योजनाको लागि स्रोत सुनिश्चितता भई ठेक्काको चरणमा भएपनि यो बजेट सडक निर्माण पूरा गर्न अति न्यून भएको हुँदा आउदो बजेटमा सडक निर्माणलाई तीब्रताका साथ सम्पन्न गर्न दुई अर्व बजेट विनियोजन गर्नु पर्ने आवश्यकता भएकोले यस विषयमा सम्माननिय प्रधानमन्त्री ज्यूको प्रतिबद्धता सहितको उत्तर दिन हुन अनुरोध गरेका थिए।
सांसद आलेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘धनगढीदेखि दिपायल हुदै उरै भञ्ज्याङसम्म निर्माण हुने सडकले यात्रा अवधि उल्लेखनीय मात्रामा घट्न जाने हुनाले यसको निर्माण र स्तरोन्नति सरकारको प्राथमिकतामा रहेको छ। सरकारले हालै स्रोत सुनिश्चितता प्रदान गरेकोले आयोजनाको केही दिनमा नै ठेक्का प्रक्रिया शुरु हुनेछ।’
यसैगरी सांसद आलेले दोस्रो प्रश्नमा सहजपूर–विपिनगर–बोगटान–दिपायल सडकमा विसं २०७६ फागुन ७ गते तपाई नै प्रधानमन्त्री हुँदा डोटी जिल्लाको विपिनगरमा शिलान्यास गरि सहजपूरदेखि अत्तरकाडा नजिक सम्म ५० किमि सडक कालोपत्रे निर्माण भएको अवस्था छ।
तर, सडकलाई बोगटान सम्म थप अगाडी कालोपत्रे गर्न भारतीय एक्जिम बैंकको रकम सडक सुधार परियोजना अन्तरगत सडक विस्तार गर्नुपर्ने भएकाले सो सडकलाई अत्तरकाडादेखि बोगटान सम्म कालोपत्रे गर्न अरु सबै प्रक्रिया पूरा भईसकेकोले भारत सरकारले परियोजना स्वीकृत गरे पछि मात्र आयोजनाले टेन्डर आव्हान गर्ने भएकोले परियोजना स्वीकृतिका लागि पहल गर्न पनि अनुरोध गरेका थिए।
उक्त प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सहजपुर–बोगटान–दिपायल सडकका सम्बन्धमा नेपाल सरकार र भारतको बीच सम्पन्न सम्झौताअनुसार करिब ५० किलोमिटर निर्माण कार्य सम्पन्न भइसकेको बताए।
उनले भने, ‘उक्त सडकको बाँकी खण्डको निर्माणका लागि भारत सरकारसँग कुटनीतिक पहल गरिएकोमा उक्त खण्डलाई एलओसी–३ मा समावेश भएको जानकारी प्राप्त भएको छ। यस आयोजनाको निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।’
Facebook Comment