बिराटनगरमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना

डिसी नेपाल
४ फागुन २०८१ १८:२४

काठमाडौं । कोशी प्रदेशको बिराटनगरमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना भएको छ।

आइतबार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र भूमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरि रिजालले संयुक्त रुपमा भूमि समस्या समाधान आयोग कार्यालय उद्घाटन गरे।

भूमि समस्या समाधान आयोगका कोशी संयोजक अनिल कृष्ण प्रसाईले सरकारले ३ वर्षभित्र भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने लक्ष्य लिएकाले आयोगले प्रभावकारी रुपमा काम गर्ने बताए। उनले पहिलो चरणमा सामान्य र कम जग्गा भएका सुकुम्बासीलाई पूर्जा दिने र जटिल समस्यालाई विस्तारै समाधान गर्ने गरी काम गर्ने जानकारी दिए।

मुलुकभर करिब १० लाख ९७ हजार २ सय ९८ वटा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको समस्या रहेकोमा कोशी प्रदेशमा करिब २ लाख ३० हजार सुकुम्बासीको निवेदन दर्ता रहेको छ। भूमि समस्या समाधान आयोग गठन भएपछि पहिलो पटक कोशी प्रदेशमा प्रदेश कार्यालय स्थापना गरिएको आयोगका केन्द्रिय अध्यक्ष रिजालले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *