संसद बैठक बस्दै, भ्रष्टाचार निवारण सम्बन्धी विधेयकमाथि छलफल हुने

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक, २०८१ माथि छलफल हुनेछ।
यसैगरी आजको बैठकमा भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयकमाथि पनि छलफल गर्ने र विधेयक पारित गर्ने कार्य सूची छ। संघीय संसदको सचिवालयले आजको सम्भावित कार्यसूचीमा नेपाल प्रहरी विधेयक २०८१ माथि पनि छलफल हुनेछ।
भ्रष्टाचार सम्बन्धी विधेयक प्रधानमन्त्रीले र प्रहरी सम्बन्धी विधेयक गृहमन्त्रीले पेश गर्नु हुने सम्भावित कार्यसूचि सचिवालयले सार्वजनिक गरेको छ।
प्रतिक्रिया
Facebook Comment