युद्ध अन्त्य गर्न अमेरिका-रूसबीच हुने बैठकले केही उपलब्धि हुँदैन : अमेरिकी विदेशमन्त्री

डिसी नेपाल
५ फागुन २०८१ १३:२९

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस-युक्रेन युद्ध अन्त्य गर्न हुने बैठकबाट केही पनि उपलब्धि नहुने बताएका छन्।

रुस-युक्रेन युद्ध रोक्नको लागि साउदी अरेबियामा अमेरिकी अधिकारीहरू र रुसी अधिकारीहरू बीचको बैठक अघि उनले भने, “एउटा बैठकले युद्ध समाप्त हुँदैन।”

उनले यसका लागि अहिलेसम्म कुनै औपचारिक प्रक्रिया सुरु नभएको तर युक्रेन, रुस र अन्य सम्बन्धित पक्षहरूसँग यसबारे छलफल गरिने बताए।

उनले भने, “राष्ट्रपति ट्रम्पले हाल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्नुभएको छ र दुवै पक्षले युद्ध अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन्। मलाई आशा छ कि यसपछि वार्ताको सम्पूर्ण प्रक्रिया कस्तो हुनेछ भनेर निर्धारण गर्न थप बैठकहरू हुनेछन्।”

यसैबीच, ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्टिभ विटकफले रुसी अधिकारीहरूसँग वार्ता गर्नुअघि आइतबार साउदी अरेबियाको भ्रमण गर्ने पुष्टि गरेका छन्।

उनले भनेअनुसार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज पनि यसमा संलग्न हुनेछन्। इजरायल-हमास युद्धविराम वार्तामा विटकफले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

यसैबीच, किभमा रहेका बीबीसी युक्रेन संवाददाता जेम्स वाटरहाउसले युक्रेनी सरकारी स्रोतले युक्रेनलाई वार्ताको लागि आमन्त्रित नगरिएको बताएको बताएका छन्।

उनले युक्रेनले वार्तामा सामेल हुन आफ्ना प्रतिनिधिहरू नपठाउने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *