भारतमा बीटेक पढिरहेकी नेपाली विद्यार्थी होस्टेलमा मृत भेटिइन्, न्याय माग्दै विद्यार्थीहरु सडकमा

काठमाडौं । भारतमा बीटेक अध्ययन गरिरहेकी एक नेपाली विद्यार्थी आफ्नो कलेजको होस्टेलमा कृत अवस्थामा फेला परेकी छिन् । भारतको ओडिशाको भुवनेश्वरमा कालिंगा इन्स्टिच्युट अफ इण्डष्ट्रियल टेक्नोलोजीमा अध्ययन गरिरहेकी विद्यार्थी मृत भेटिएकी हुन् ।
मृतक विद्यार्थी नेपालकी प्रकृति लम्साल भएको कलेजले जनाएको छ । उनको नेपालको ठेगाना स्पष्ट छैन । कलेजले एक वक्तव्य जारी गर्दै बीटेक तेस्रो वर्षकी विद्यार्थी विद्यार्थी प्रकृतिले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको बताएको छ । उनको सोही कलेजका विद्यार्थीसँग प्रेम सम्बन्ध रहेको आशंका गरिएको पनि कलेजको वक्तव्यमा उल्लेख छ ।
प्रमृतिको मृत्युपछि कलेजका विद्यार्थीहरु उनलाई न्यायको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका छन् । विद्यार्थीहरुले कलेज परिसरदेखि सहरका सडकमा समेत प्रदर्शन गरिरहेका छन् । कलेज परिसरमा स्थिति नियन्त्रण गर्न ६० प्रहरी परिचालन गरिएको बताइएको छ ।
प्रकृतिको सोही कलेजका मेकानिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीसँग प्रेम सम्बन्ध रहेको तर ती विद्यार्थीले जागिर पाएपछि भुवनेश्वर छाडेर गएपछि विक्षिप्त भएकी प्रकृतिले यस्तो निर्णय गरेको विद्यार्थीहरुको दावी छ । प्रकृतिका साथीहरुका अनुसार उनीहरु ३ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
प्रदर्शनकारी विद्यार्थीहरुले सडक अवरुद्ध गरेर मृतकका कथित प्रेमीलाई पक्राउ गर्न माग गरेका छन् । प्रहरीले मृतकको शवलाई पोस्टमार्टमपछि क्यापिटल हस्पिटलमा राखेको छ । मृतकका मातापितालाई यसबारे खबर गरिएको र उनीहरु त्यहाँ पुग्दासम्म प्रतिक्षा गरिने प्रहरीले जनाएको छ ।
Facebook Comment