डोनाल्ड ट्रम्पविरुद्ध गोविन्द केसीको प्रदर्शन

डिसी नेपाल
६ फागुन २०८१ १६:४०

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धमा प्रा. डा. गोविन्द केसी सडक प्रदर्शनमा उत्रिएका छन्।

केसीले ट्रम्पको प्रशासनले हालै लिएका निर्णयमाथि पुनर्विचार गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका हुन्।

नेपालस्थित अमेरिकी दूतावास नजिक प्ले कार्डसहित केसीले प्रदर्शन गरेका छन्। अमेरिकी राष्ट्रपतिको रूपमा सपथ लिएपछि ट्रम्पले अरू देशलाई दिँदै आएको सहायतामा कटौती गरेको कदमविरुद्ध केसीले प्रदर्शन गरेका हुन्।

ट्रम्पले गरेको निर्णयहरूमाथि पुनर्विचारको लागि शान्तिपूर्ण प्रदर्शनी गरेका केसीले दूतावासमा ज्ञापनपत्र बुझाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *