एसोसियसन अफ नेपाली ओरिजन (एएनओ) पोर्चुगल शाखा गठन

दिपेश विक्रम विष्ट
६ फागुन २०८१ १६:५८

काठमाडौं । पोर्चुगलको राजधानी लिस्बोनमा एसोसियसन अफ नेपाली ओरिजन (एएनओ)को शाखा गठन भएको छ। लिस्बोन निवासी दिनेश विष्टको नेतृत्वमा २७ सदस्यीय राष्ट्रिय कार्यसमिति गठन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि एवं एएनओका संस्थापक महासचिव चूडामणि भट्टराईले विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिलाई आफ्नो पहिचान स्थापित गर्न संगठित हुनुपर्नेमा जोड दिए। उनले नेपाल सरकारलाई नेपाली मूलका व्यक्तिलाई आफ्नो पहिचान र सम्बन्ध कायम राख्न नीति निर्माण गर्न आग्रह गरे।

संस्थापक अध्यक्ष डिल्लीराम अधिकारीको परिकल्पनाअनुसार, संसारभर रहेका नेपाली मूलका व्यक्तिलाई संगठित गर्दै नेपालसँग सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ पार्ने लक्ष्यका साथ एएनओ स्थापना गरिएको हो। महासचिव भट्टराईले नेपालले आफ्नो मूलका व्यक्तिलाई औपचारिक रूपमा जोड्ने नीति आवश्यक भएको बताए।

विशिष्ट अतिथि एवं बोर्ड अफ ट्रस्टीका सदस्य ओमराज गुरूङले नेपाली मूलका व्यक्तिहरू जहाँ भए पनि आफ्नो भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै सांस्कृतिक एकता मजबुत पार्न एएनओले सहयोग गर्ने बताए।

युरोप संयोजक दीपक धितालले प्रवासी नेपालीले आफ्नो कला-संस्कृति जोगाउँदै नेपाली पहिचानलाई विश्वभर फैलाउन एएनओले सशक्त भूमिका खेल्ने आश्वासन दिए। उनले युरोपका अन्य देशहरूमा पनि शाखा विस्तार गर्ने योजनाबारे जानकारी दिए।

संस्थाले नेपाली समुदायको पहिचान संरक्षण र प्रवर्द्धनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासका साथ नेपाल जनजाति महासंघ पोर्चुगल शाखाका अध्यक्ष चोप कुमार मगरले शुभकामना व्यक्त गरे। उनले एएनओले नेपाली मूलका व्यक्तिको हक, अधिकार र पहिचानलाई उजागर गर्दै समाजमा एकता र सहयोगको भावना फैलाउने विश्वास व्यक्त गरे।

यसैगरी गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमालले पनि एएनओ पोर्चुगल शाखाको स्थापनाप्रति खुसी व्यक्त गर्दै संस्थाले नेपाली समुदायको समस्या सम्बोधन गर्दै एकताको भावना मजबुत बनाउने अपेक्षा व्यक्त गरे। उनले संस्थाले आफ्ना उद्देश्यहरू सफलतापूर्वक पूरा गर्नेमा दृढ विश्वास प्रकट गरे।

केन्द्रीय सदस्य दिपेश विष्टले कार्यक्रम सञ्चालन गरेका थिए।

१. अध्यक्ष – दिनेश विष्ट

२. उपाध्यक्ष -छवि पौडेल

३. महासचिव – ध्रुब ठकुरी

४. कोषाध्यक्ष- अनु गुरुड्

५. सदस्य – विष्णु ब. घर्ति

६. सदस्य- अनन्त तिवारी

७. सदस्य -अर्जुन सुनाम

८. सदस्य – समिर भट्टराई

९. सदस्य -उज्वल ढकाल

१०. सदस्य- पुस्कर राज जोशी

११. सदस्य-अमृत विश्वकर्मा

१२. सदस्य – विमल कार्की

१३. सदस्य- सविना मनगाथेन

१४. सदस्य-किकी मगर

१५. सदस्य-टिका गर्बुजा मगर

१६. सदस्य -गोपाल राज पोखरेल

१७. सदस्य – तेन्जी नीमा शेर्पा

१८. सदस्य -दा ल्हामु शेर्पा

१९. सदस्य-सुमन खतिवडा

२०. सदस्य-रञ्जना तामाङ

२१. सदस्य – अधि सोताङ् राई

२२. सदस्य-विरेन राई

२३. सदस्य-पुष्प बाहदुर चलाउने

२४. सदस्य – रेजिना उप्रेति

२५. सदस्य – सुर्य वोहोरा

२६. सदस्य-विक्रम आचार्य

२७. सदस्य-अनुप राना मगर

नेपाललाई मातृभूमि वा पितृभूमि मान्ने, अथवा आफ्ना पूर्वजको उत्पत्ति नेपालमा भएको नेपाली मूलका व्यक्ति एसोसियसन अफ नेपाली ओरिजन (एएनओ)मा आबद्ध हुन सक्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *