लागूऔषधसहित दुई युवक पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित बझाङका दुई युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–५ यातायात कार्यालय पछाडी सडक छेउबाट लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम ७३० मिलिग्राम र लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ २ केजि १७५ ग्राम सहित बझाङको केदारस्युँ गाउँपालिक–६ का २६ वर्षीय गोविन्द बहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा मङ्गलवार पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले दुबै जनालाइ पक्राउ गरेको हो।
यसैगरी, लम्कीचुहा नगरपालिका–२ बगनियाबाट लागूऔषध खैरो हेरोइन ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई निी मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।ति किशोरलाइ इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
Facebook Comment