भारतमा मतदानलाई बढावा दिने आर्थिक सहयोग रोकेपछि ट्रम्पले भने- ‘उनीहरूसँग धेरै पैसा छ’

काठमाडौं । भारतमा मतदान प्रतिशत बढाउन दिइने आर्थिक सहयोग रोक्ने निर्णयप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने , “हामी भारतलाई किन २१ मिलियन डलर दिइरहेका छौं ? उनीहरूसँग धेरै पैसा छ। भारत विश्वमा सबैभन्दा धेरै कर लाग्ने देशहरू मध्ये एक हो। हामी त्यहाँ पुग्न मुस्किलले सक्छौं किनभने उनीहरूको कर धेरै उच्च छ।”
ट्रम्पले भने – उनी भारत र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धेरै सम्मान गर्छन् र उनी दुई दिन अघि मात्र यहाँबाट गएका थिए, तर मतदातालाई मतदानको लागि प्रोत्साहन गर्न २ करोड १० लाख डलर किन खर्च गर्ने ?
हालै, अर्बपति एलन मस्कको नेतृत्वमा रहेको नयाँ अमेरिकी सरकार विभाग र सरकारी दक्षता विभागले विभिन्न देशहरूलाई अमेरिकी सहायता रोक्ने घोषणा गरेको थियो।
घोषणामा भारतमा मतदानलाई प्रवर्द्धन गर्ने कोष पनि समावेश थियो।
Facebook Comment