अबकाे कार्यभार राजनीति स्थिरताकाे जगमा आर्थिक क्रान्ति हाे : उपप्रधानमन्त्री सिंह

बर्दिया। उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अबकाे कार्यभार राजनीतिक स्थीरताबाे जगमा आर्थिक क्रान्ति गर्नु रहेकाे बताएका छन्।
प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस बर्दिया जिल्ला कार्यसमितिले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन्। उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्नेमा जाेड दिए।
उपप्रधानमन्त्री सिंहले ०७ सालकाे क्रान्ति कांग्रेसले गरेकाे चर्चा गर्दै ०७२ सालमा संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान पनि कांग्रेसकै नेतृत्वमै जारी भएकाे भन्दै अबकाे कार्यभार संविधानलाई संस्थागत गर्दै जनताकाे जीवन र जिविकाेपार्जन सहज बनाउनु रहेकाे बताए।
`प्राप्त गरेकाे राजनीतिक अधिकारलाई सुरक्षित राखेर राजनीतिक स्थिरताकाे जगमा अब आर्थिक क्रान्ति गर्ने हाे,´ उपप्रधानमन्त्री सिंहले भने। अहिलेकाे व्यवस्था लामाे संघर्ष र बलिदानबाट प्राप्त भएकाे भन्दै अधिकारसँगै सबैले आआफ्नाे जिम्मेवारी पूरा गरेर बलियाे बनाउनुपर्नेमा पनि सिंहले जाेड दिए।
अग्रज नेताहरूले आफ्नाे समयमा जेलजिवन, यातना, निरवासन र सहिद भएर दिएकाे अधिकार सुरक्षित गर्ने दायित्व अहिलेकाे नेतृत्वकाे काँधमा रहेकाे भन्दै उनले त्यसका लागि नेपाली कांग्रेसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे।
नेपाली कांग्रेस लाेकतान्त्रिक पार्टी भएकाले आन्तरिक रूपमा लाेकतन्त्रकाे अभ्यास गर्दा अग्रजहरूले सिकाएकाे राजनीतिक संस्कार आत्मसाथ गर्नुपर्ने सिंहकाे भनाई थियाे। उहाँले पार्टी संगठनलाई सुदृढ बनाउनका लागि लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरे।
`तत्कालीन समयमा कांग्रेसले के गर्न सक्छ? भन्थे । ०१७ सालमा गुमेकाे अधिकार लाैहपुरूष गणेशमान सिंहकाे नेतृत्वमा भएकाे आन्दोलनपछि पुनःस्थापित भयाे । जती जति बेला राष्ट्र संकटमा पर्छ कांग्रेसले नै नेतृत्वदायी भूमिका खेलेकाे छ, ´ सिंहले भने।
नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका ०७ सालकाे क्रान्तिपछि प्रजातन्त्र स्थापनासँगै नेपालमा शिक्षाकाे लहर आएकाे बताए। देशकाे विकास र समृद्धिका लागि शिक्षा अनिवार्य रहेकाे महसुस गर्दै कांग्रेस नेतृत्वमा बनेकाे सरकारले गाउँ गाउँमा विद्यालय पुर्याएकाे स्मरण गरे।
प्रजातन्त्र स्थापनापछि देशभर धेरै विद्यालय स्थापना भएकाे र त्यसले समाजका हरेक क्षेत्रमा ठुलाे परिवर्तन ल्याएकाे बताए। उपप्रधानमन्त्री सिंहले प्रजातन्त्र स्थापनाका लागि याेगदान गर्ने बलिदान हुनेहरूप्रति उच्च सम्मान व्यक्त गर्दै उनीहरूले देखेकाे सपना पूरा गर्न सबै लाग्नुपर्ने बताए।
Facebook Comment