विदेशी मुद्रासहित भारतीय पक्राउ

डिसी नेपाल
७ फागुन २०८१ १५:५२

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुम्बईको मालाड वेष्टका ३६ वर्षीय राहुल चतुर्वेदी रहेको प्रहरीले जनाएको छ ।

श्रीएयरको उडानमार्फत् भैरहवाबाट काठमाडौं जान लागेका चतुर्वेदीको साथबाट ९ लाख २४ हजार सात ७ सय भारतीय रुपैयाँ, एक हजार यूएस डलर र ९ सय ६० संयुक्त अरब इमिरेट्स दिर्हाम विदेशी मुद्रा बरामद भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको हो।

बरामद विदेशी मुद्रा र पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *