पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले राजावादी उत्साही

डिसी नेपाल
८ फागुन २०८१ ६:५८

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले राजवादी उत्साही देखिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वराजा शाहले ७५औं प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको वक्तव्यलाई स्वागत गरेको छ ।

राप्रपा आन्दोलन परिचालन समितिका संयोजक तथा पार्टी महामन्त्रीसमेत रहेका डा. धवलशमशेर जबराले पूर्वराजा शाहको वक्तव्यलाई समर्थन गर्दै आन्दोलनमा होमिन नागरिकलाई आह्वान पनि गरेका छन् । ‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा राजा ज्ञानेन्द्रबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीलाई साथ दिन आह्वान भएको छ, देशको वर्तमान स्थिति’bout गम्भीर चिन्ता व्यक्त गर्दै नयाँ चिन्तन र सक्रियताका लागि राजा ज्ञानेन्द्रबाट आएको सकारात्मक अभिव्यक्तिको म स्वागत गर्दछु, यही परिप्रेक्ष्यमा देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न अनुरोधका साथ आह्वान गर्दछु,’ राणाले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

७५औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा शाहले जारी गरेको वक्तव्यलाई लिएर राजनीतिमा तरंग उत्पन्न भएको छ । मंगलबार पूर्वराजा शाहले एक विज्ञप्ति जारी गर्दै देशको इतिहास मेटिँदै गएको र नेपालको अस्तित्व नासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

‘नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिइरहेको छ, जन्मँदै नेपालीको शरीरमा हजार होइन लाखको ऋणभारको बोझ छ, हाम्रा कलकारखाना, व्यापार, व्यवसाय निरन्तर धराशायी बन्दै छन्, हुँदाहुँदा हाम्रा शिक्षालयहरूमा समेत शिक्षक र विद्यार्थीहरू पातलिँदै गएका छन्,’ पूर्वराजाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालका पद्धति, नीति र गतिविधि ठीक छैन, यहाँ बसेर केही हुँदैन, श्रम, सीप चेतना र ज्ञान भएका हाम्रा नागरिकहरूमा त्यस प्रकारको भाष्य चलिरहेको छ, यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन ।’

पूर्वराजा शाहले देशलाई राम्रो होस् भनेर आफूहरूले सबै कुरा त्याग गरेको र फेरि पनि आवश्यक परेमा त्याग गर्न तयार रहेको जनाएका छन् । उनले आफूहरूले गरेको त्यागलाई असामान्य नठान्न पनि आग्रह गरेका छन् ।

‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुनेछ, राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ, हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं, अब नेपालको उन्नतिका लागि हामीबाट अरू के को त्याग गर्नुपर्ने हो, हामी तयार छौं, अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौं,’ पूर्वराजा शाहले विज्ञप्तिमा भनेका छन् ।

यस्तै, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा र राजसंस्थाबाट १० गल्ती हुँदा राजनीतिकर्मीबाट हजार गल्ती भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा मिश्रले १२ बुँदे टिप्पणी गर्दै प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको शुभकामना सन्देश’bout ‘राजाको सन्देशमा सबैले सबैका कमजोरीलाई क्षमा गर्दै नवीन समझदारीमा जाने मनसाय भएको’ उल्लेख गरेका छन् ।

‘राजसंस्थाबाट गल्ती नै भएन भन्ने हुँदै होइन, राजसंस्थाबाट १० गल्ती हुँदा राजनीतिकर्मीबाट हजार गल्ती भएका छन्, तर ती हजार गल्ती यति गम्भीर भए कि तिनले देशमा नैतिक संकट र ज्ञानको संकट चरम अवस्थामा पु¥याएर देशलाई नै अस्तित्वको संकट उन्मुख बनाइदिए,’ मिश्रले उल्लेख गरेका छन् ।

उनले देश बचाउन र बनाउन विगतका सम्पूर्ण त्रुटिबाट शिक्षा लिँदै राजा र राजनीतिक दलहरू एक ठाउँमा आउन अत्यावश्यक रहेको जनाएका छन् । राजाको सन्देशमा सबैले सबैका कमजोरीलाई क्षमा गर्दै नवीन समझदारीमा जाने मनसाय भएको उनले प्रस्ट्याएका छन् ।

ठूला दलका ठूला नेता राजाको प्रजातन्त्र दिवसको सम्बोधनप्रति सकारात्मक हुन नितान्त जरुरी रहेको बताउँदै उनले राजाले त्यसै नबोलेको र सबै मिल्नुको विकल्प नभएको जनाएका छन् ।

‘छिमेकी भारतले पनि नेपाल’boutको आफ्नो दृष्टिकोणलाई समीक्षा गरी पुनः दुईखम्बे नीति (संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र)मा फर्किन जरुरी छ, विश्वको सर्वशक्तिमान् बन्ने दिशामा रहेको भारतका लागि साँध जोडिएको सदियौंको छिमेकी कमजोर, अविश्वासिलो, अस्थिर र अन्तर्राष्ट्रिय भूराजनीतिको क्रीडास्थल हुनु राम्रो हुँदै होइन,’ मिश्रले भनेका छन् ।

उनले देशभित्रका सम्पूर्ण राजसंस्थावादी, राजसंस्था पार्टी र समूहहरूले तत्काल आ–आफ्नो बैठक बोलाएर अब राजाको आह्वानमा परिणाम दिनेगरी अगाडि बढ्नसमेत सुझाव दिएका छन् ।

‘मैले पहिले पनि बोलेको र लेखेको हुँ, झन्डै ८० वर्ष पुग्न लागेका राजाले राजसंस्थाको गरिमालाई कायम राख्दै र देशभरि राजसंस्थाको पक्षमा माहौल बनाउँदै जाने र अपवादलाई छोडेर, हामी झगडिया, स्वार्थी, पदलोलुप, घमन्डी, अहंले पूर्ण राजसंस्थावादीहरूले चाहिँ त्यो माहौल बिगार्दै जाने काम निरन्तर रूपमा भएको छ,’ मिश्रले भनेका छन्, ‘अब त्यो कार्य तत्काल रोकौं, नत्र राजसंस्थावादीहरूले अरू त कुरै छोडौं, राजसंस्था पुनस्र्थापनाको श्रेय पनि पाउनेछैनन् ।’

यस्तै, मिश्रले ठूला दलहरूभित्र राजसंस्था फाल्नु गल्ती भयो भन्ने प्रशस्त साना तथा ठूला नेता रहेको र अब ती नेताले कुरा नचपाई बोल्नुपर्ने जनाएका छन् । उनले नागरिक समाजका अगुवालाई समेत राजसंस्थाको पक्षमा बोल्न आग्रह गर्दै मौन नबस्न सुझाव दिएका छन् ।

यसैबीच, यता नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक गरेको वक्तव्य एकदमै गम्भीर खालको रहेको टिप्पणी गरेका छन् ।

लोकतन्त्र र प्रजातन्त्रलाई नै सिध्याउने खालका वक्तव्यबाजी स्वीकार्य नहुने ज्ञवालीले जनाएका छन् । पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्रलाई सिध्याउने र फेरि २०१७ साल ब्युँताउने सोच, चिन्तन राखेको उनले जनाएका छन् ।

‘पूर्वराजा ज्ञानेन्द्रले यसरी वक्तव्यबाजी गरिराखेका छन्, यो अत्यन्त गम्भीर खालको कुरा हो, यस’boutमा ध्यान दिनुपर्छ, केही कमी कमजोरी छन् भन्दैमा अब लोकतन्त्रलाई नै हटाउन, प्रजातन्त्रलाई नै सिध्याउने, फेरि राजतन्त्र ल्याउने, मुलुकलाई फेरि पछाडि फर्काउने, यो काम किमार्थ सम्भव छैन,’ ज्ञवालीले भने, ‘त्यसैले सबै राजनीतिक पाटी पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यबाट सतर्क हुनुपर्छ, फेरि प्रजातन्त्रलाई सिध्याउने, २०१७ साल ब्युँताउने, मुलुकमा तानाशाही व्यवस्था ल्याउने खालका सोचहरू, चिन्तनहरू विकास भएका छन्, पूर्वराजा ज्ञानेन्द्रले जसरी वक्तव्यबाजी गरिरहेका छन्, यो गम्भीर विषय हो, यसको म घोर भत्र्सना गर्न चाहन्छु ।’

पूर्वराजा ज्ञानेन्द्रको यस्ता प्रकारका अभिव्यक्ति र गतिविधिमा सबै राजनीतिक दलले ध्यान पु¥याउन आवश्यक रहेको उनले बताए । ‘राजाले जसरी लोकतन्त्रलाई चुनौती दिइराखेका छन्, हामी चुप लागेर बस्न हुँदैन, सम्पूर्ण राजनीतिक पार्टीहरू यसबाट सजग हुनुप¥यो, फर्केर आउँछु भन्ने खालको चुनौती दिने काम पूर्वराजाले गरिरहेका छन्, यसबाट पनि हामी राजनीतिक पार्टीहरू बढी सतर्क, सजग हुनुपर्छ,’ ज्ञवालीले भने ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *