एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।
पार्टी पोलिटव्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज विदुर सापकोटाको निधन भएपछि आज बस्ने भनिएको बैठक स्थगित भएको हो। आजदेखि बस्ने भनिएको बैठक भोलि विहान ११ बजेदेखि बस्ने बताइएको छ।
एकीकृत समाजवादीको पोलिटव्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज सापकोटा गएराति हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । उनको आजै पशुपति आर्याघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ।
प्रतिक्रिया
Facebook Comment