संविधान संशोधनका लागि राजनीतिक दलबीच सहमति आवस्यक : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि राजनीतिक दलबीच सहमति कायम गर्ने बताएका छन्।
बिहीबार भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय परिषद् उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधनका लागि आवश्यक विषय पहिचान गरेर राजनीतिक दलबीच सहमति कायम गर्दै अघि बढ्ने बताएका हुन्।
उनले केहि दिनमा नै दुईदलको कार्यदल बनाई संशोधनको काम सुरु गर्ने जानकारी दिए। गृहमन्त्री लेखकले मुलुकको आर्थिक स्थीतिलाई सुधार गर्दै आर्थिक समृद्धिको दिशातर्फ सरकार अघि बढेको उल्लेख गरे।
अहिलेको गठबन्धन मुलुकमा दिगो शान्ति, बिकास र समृद्धिको उदेश्य पूरा गर्नका लागि गठन भएको उनको भनाइ छ।
उनले मुलुकको आवश्यकताका आधारमा सरकारले अध्यादेश ल्याएको भन्दै सदनबाट पारित हुने दाबी गरे।
Facebook Comment