लेबनानलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा

डिसी नेपाल
८ फागुन २०८१ २०:१७

काठमाडाैं। घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनशीपको दोस्राे खेलमा पनि नेपाल विजयी भएको छ। नेपालले लेबनानलाई १-० गोल अन्तरले पराजित गरेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालकी सावित्रा भण्डारीले डिबक्स नजिकबाट गरेको प्रहार क्लियर गर्ने क्रममा लेबनानका खेलाडीको खुट्टामा लागेर आत्मघाती गोल भएको थियो। यो १ गोलनै खेलको निर्णायक गोल बन्यो।

यो जितसँगै नेपाल फाइनलमा पुगेको छ। अब नेपालले फाइनलमा म्यानमारसँग प्रतिश्पर्धा गर्नेछ। यसअघि नेपालले आफ्नो पहिलो खेलमा पनि किर्गिस्तानलाई १-० गोल अन्तरले नै पराजित गरेको थियो।

यसअघि आजै भएको पहिलो खेलमा किर्गिस्तानलाई ५-० गोल अन्तरले पराजित गर्दै म्यानमार एक खेल अगावै फाइनलमा पुगेको छ।

दशरथ रंगशलामा नै भएको खेलमा विजयी हुदै ६ अङ्क बनाएको म्यानमार फाइनलमा पुगेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *