इटहरी गोल्डकप: सगरमाथा युथ क्लब फाइनलमा

डिसी नेपाल
८ फागुन २०८१ २२:४१

धरान (सुनसरी)। धरान फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै सगरमाथा युथ क्लब १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रीकेट इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

इटहरी रङ्गशालामा आज धरान फुटबल क्लब र सगरमाथा युथ क्लबबीच भएको खेलमा सगरमाथाका कुलदिप कार्कीले खेलको २९औँ मिनेटमा निर्णायक गोल गरेका थिए। खेलको म्यान अफ दी म्याच भएका कार्कीले रु १० हजार पुरस्कार पाए।

शनिबार सगरमाथा यूथ क्लब मोरङ र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच फाइनल खेल हुने आयोजक राष्ट्रिय जागृति क्लबका खेल संयोजक अनुरोध थापाले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउनेछन्।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु एक लाख तथा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही रु २० हजार तथा सर्वाधिक गोलकर्ताले रु २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *