गजल

यज्ञराज जोशी
१० फागुन २०८१ ७:२८

पिरतीको हिसाब किताब खाता बिरानो भो
आफ्नो मनसँग आफ्नै नाता बिरानो भो

हिजोका मिठा पल सजाको थे डायरिमा
आज त्यही डायरीको गाता बिरानो भो

अँध्यारो छ मेरो वस्ती अँध्यारै छ जीवन
बल्नै छोड्यो दियो त्यसको बाता बिरानो भो

घामले छेकेन झरिले रुझाएन प्रितमा हुँदा
आज हाम्रो ओत लाग्ने छाता बिरानो भो

छिद्र छिद्र भएको छ चुहिँदैछ मेरो छानो
मेरो घरको कर्कट जस्ता पाता बिरानो भो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *