एक तोला सुनको मूल्य एक लाख ७० हजार

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ।
बिहीबार प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य पाँच रूपैयाँले घटेको छ। आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९० मा किनबेच हुनेछ। आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
Facebook Comment