प्रधानमन्त्री ओलीसँग बालेनले खोजे नेपाली भएर बाच्ने आधार

डिसी नेपाल
९ फागुन २०८१ १३:२४

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भारत, अमेरिका र चीनले हेपेको भन्दै आफूलाई मेयर हो भन्ने बिर्सेर नेपाली भएर बाँच्ने आधार दिन उनले आग्रह गरेका हुन्।

‘प्यारो प्रधानमम्त्रीज्यू, अमेरिकाले अयचचगउत (भ्रष्ट) भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो र चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ?’उनले लेखेका छन्।

यसअघि गएराति नै उनले स्टाटस लेख्दै बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *