च्याम्पियन्स ट्रफी : भारतसँगको खेलअघि पाकिस्तानका स्टार खेलाडी प्रतियोगिताबाट बाहिरिए

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफी २०२५ मा भारतसँग खेल्नु ठिक अघि पाकिस्तानका स्टार खेलाडी प्रतियोगिताबाटै बाहिरिएका छन् । यसले पाकिस्तानलाई ठूलो झट्का लागेको छ ।
आइतबार २३ फेब्रुअरीमा आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को पाँचौं खेल भारत र पाकिस्तानबीच दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलिनेछ। यो खेलअघि पाकिस्तानी स्टार ब्याटर फखर जमाँ चोटका कारण प्रतियोगिताबाटै बाहिरिएका हुन् ।
फखर जमाँ भारतविरुद्ध पाकिस्तानका सबैभन्दा प्रभावकारी खेलाडी मानिएका थिए । यसअघिको च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराउँदै उपाधि जितेको थियो । त्यो खेलमा ११४ रन बनाएर फखर जमाँ प्लेयर अफ द म्याच बनेका थिए ।
पाकिस्तानी टोलीका ओपनिङ ब्याट्सम्यान फखर जमाँ चोटका कारण सम्पूर्ण प्रतियोगिताबाट बाहिरिएको बताउँदै इभेन्ट प्राविधिक समितिले पाकिस्तानी टोलीमा उनको स्थानमा इमाम-उल-हकलाई अनुमोदन गरेको छ।
कराँचीमा न्युजिल्याण्ड विरुद्धको पाकिस्तानको खेलको सुरुवाती ओभरमा फिल्डिङ गर्दा फखर घाइते भएका थिए।
Facebook Comment