प्रधानमन्त्री कार्यालयको मूल्यांकनप्रति मन्त्री दाहालको असन्तुष्टि

डिसी नेपाल
९ फागुन २०८१ १६:११

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्यांकन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले आफ्नो मन्त्रालयको कार्यसम्पादन मूल्यांकन नजिताप्रति असन्तुष्टि प्रकट गर्दै प्रधानमन्त्री कार्यालयले गर्ने मूल्यांकन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका हुन्।

मन्त्रालय १९ वटा आयोजनामध्ये ८ वटा सुरु हुन लागेको, ३ वटा सम्पन्न भइसकेको र ८ वटा जारी रहेको अवस्थामा रहेकाले मन्त्रालयको प्रगति ५० प्रतिशतमाथि रहेको उनले बताए। मन्त्री दाहालले ग्वार्को फ्लाइओभरको ८२ प्रतिशत काम सम्पन्न भइसकेको र सम्पन्न हुने चरणमा रहेको बताए।

बिभिन्न राजमार्ग निर्माणको काम पनि द्रूत गतिमा अघि बढिरहेको उनको भनाइ छ। मन्त्री दाहालले यातायात नीति अन्तिम चरणमा पुगेको र प्रदेशको सुझावका आधारमा आवश्यक कानून सदनमा लैजाने जानकारी दिए।

समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय/आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति (अर्धवार्षिक)को बारेमा छलफल गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *