प्लस टु संचालन गर्न ६५ लाखको अक्षय कोष स्थापना

डिसी नेपाल
९ फागुन २०८१ १९:१०

गाेरखा। गोरखा बारपाक सुलिकोट-५ को ताकुमाझ लाकुरीबोटमा रहेको जलकन्यादेबी माध्यमिक विद्यालयमा दस जोड दुई संचानको लागि ६५ लाखको अक्षयकोष स्थापना गरिएको छ।

विद्यालयको ७२ औं बार्षिक उत्सब तथा अभिभावक दिवसको अबसरमा अक्षयकोष संचालन समितिका अध्यक्ष पूर्वप्रमुख निर्बाचन आयुक्त दोलखबहादुर गुरुङले उक्त जानकारी दिएका हुन्। स्थानीयहरुबाट दुई बर्षसम्म चलेको अभियानबाट अक्षयकोष संचालन गरिएको हो।

बारपाक सुलिकोट गाउँ पालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले दश जोड दुई संचालनको लागि जनस्तरबाट ठूलो रकम उठेको भन्दै स्रहाना गरेका थिए। साथै उनले विद्यालयको सर्बाङ्गिण बिकासका लागि पालिकाले आगामी दिनमा सक्दो सहयोग गर्ने बताए।

शैक्षिक सत्र २०८० देखि विद्यालयमा ११ र १२ कक्षा संचालन भइरहेको विद्यालयका प्रधानाध्यापक उमाकान्त ढकालले जानकारी दिए। बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष नीरबहादुर थापाले दाताहरुलाई धन्यवाद दिँदै शैक्षिक गुणस्तरको लागि शिक्षक मात्र नभई अविभावक पनि चनाखो हुनु पर्ने बताए।

विद्यालयको ७२ औं बार्षिक उत्सबको अबसरमा विद्यालयले अक्षयकोष सन्चालन समितीका संयोजक दोलखबहादुर गुरुङ, चन्दादाता हरिजंग दवाडी, टिकादेवी गुरुङ, शारदा भुजेल, राजु खड्का, बिन्दु थापालगाएत सबै चन्दा दाताहरुलाई सम्मान गरेको छ।

विद्यालयका बि.स.२०५६ सालमा एसएलसी दिएका पूर्वविद्यार्थीहरुले एक लाख एक सय सत्ताइस रुपैयाँँको छुट्टै अक्षय कोष स्थापना गरेका छ्न्। सामाजिक संजालमार्फत देश बिदेशमा रहेका साथीबीच रकम संकलन गरि अक्षय कोष स्थापना गरेको संयोजक मधुकर खड्काले जानकारी दिए। अक्षय कोषको ब्याज बाट विद्यालयबाट प्रत्येक बर्षको एसइईमा उत्कृष्ट नजिता ल्याउने एक जना विद्यार्थी र एक जना शिक्षकलाई पुरस्कृत गरिने उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *