कर्णालीलाई राज्यले बेवास्ता गर्‍यो : शेखर कोइराला

डिसी नेपाल
१० फागुन २०८१ ११:३४

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्यले कर्णालीलाई बेवास्ता गरेको बताएका छन्।

बालुवाटारमा शनिवार प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुसँगको चियापान समारोह कार्यक्रममा बोल्दै उनले राज्यले कर्णालीलाई जति महत्व दिनुपर्ने थियो त्यो हिसाबले नदिएको बताए।

उनले भने, ‘राज्यले कर्णालीलाई हेरिरहेको छैन। राज्यले जसरी हेर्नुपर्ने त्यसरी हेरेको छैन। त्यहा हाइड्रो पावरको त्यस्तै राम्रो छ। होमस्टे, जडिबुटिको लागि उतिकै राम्रो छ। तर जडिबुटि त्यहाबाट ल्याएर इन्डिया, चाइना पठाएर मात्र हुदैन। त्यहा प्रशोधन गर्न राज्य लाग्नुपर्या{। यार्सागुम्बा प्रशोधन गर्न सक्छौ। कर्णालीमा धेरै छ।’

उनले नेपाली काङ्ग्रेस कमजोर हुँदै गएको र त्यसलाई बचाउनुपर्ने जिम्मा प्रजातन्त्र सेनानीको रहेको पनि बताए।

‘नेपाली काङ्ग्रेस तपाईहरु प्रजातन्त्र सेनानीहरुदले बचाउनु भएको हो। तपाईहरु नै हो अब नेपाली काङ्ग्रेसको खम्बा, नेपाली काङ्ग्रेस कमजोर हुँदैछ। अत्यन्त अप्ठ्यारो परिस्थीतिमा नेपाली काङ्ग्रेस छ। नेपाली काङ्ग्रेसलाई तपाईहरुले फेरी एकपटक बचाउनुपर्ने छ’ उनले भने

उनले प्रजातन्त्र सेनानीका प्रतिनिधिहरुलाई महाधिवेशन र राज्यको प्रतिनिधित्व गर्ने ठाँउमा ल्याउन सहयोग गर्ने पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *