कुम्भ स्नान गरेर फर्किंदै गरेको स्कारपियो दुर्घटना, चार नेपालीको मृत्यु

डिसी नेपाल
१० फागुन २०८१ १२:३२

काठमाडौं । भारतको प्रयागराजमा महाकुम्भ स्नान गरेर फर्किंदै गरेका नेपाली सवार स्कारपियो दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।

उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुरमा सप्तरीका श्रद्धालु सवार स्करपियो शुक्रबार ट्याक्टरसँग ठोक्किएको र
दुर्घटनामा सप्तरीका तीन र सुनसरीका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा सप्तरीको कञ्चनरुप नगरपालिका-७ का ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलाबती देवी चौधरी र कञ्चनरुप-५ की ५५ वर्षीया हरिहरदेवी यादव रहेको छ। दुर्घटनामा सुनसरीको मधुवनकी एक महिलाको मृत्यु भएकोमा उनको परिचय खुल्न सकेको छैन।

चारै जनाको शव ल्याउन दुई वटा एम्बुलेन्स शनिबार बिहान दुर्घटनास्थलतर्फ गएको बताइएको छ।

दुर्घटनामा उपेन्द्रनारायण चौधरी गम्भीर घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *