आईजीपी कुँवर दुई दिन विदामा बस्दा नयाँ आइजीपीको चर्चा

डिसी नेपाल
११ फागुन २०८१ १०:१२

काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर दुई दिन विदामा बस्दा भावी आइजीपीबारे प्रहरी प्रधानकार्यालयमा चर्चा चलेको छ।

छोराको विहे गर्नका लागि आइजीपी वसन्तबहादुर कुँवर विदा रहेको बेला यसको चर्चा चलेको हो। आइजीपी सचिवालयका अनुसार आइतबार (आज)बाट उनी नियमित काममा फर्किसकेका छन्।

हुन त उनी चैत ५ गते अनिवार्य अवकाशमा जाँदैछन्। अनिवार्य अवकाशको केही दिनअघि नै बिदा बस्ने मनस्थितिमा पुगेका भएपनि सरकारले भावी आइजीपी तय गर्न समय लगाउने भएकै कारण ५ गतेसम्म नै रहने संभावना छ।

स्रोतका अनुसार भावी आईजीपीलाई सहज बनाउन उनी निर्धारित मितिभन्दा केही दिन अघि नै बिदामा जाने तयारीमा थिए। नेपाली सेनामा अवकाशअघि एक महिनासम्म बिदामा बस्ने परम्परा भए पनि नेपाल प्रहरीले भने यस्तो अभ्यास गरेको छैन।

हाल प्रहरी ऐन संसदमा छलफल भइरहेको अवस्थामा आईजीपी कुँवरको कार्यकाल नबढ्ने निश्चित भएसँगै उनले प्रारम्भिक रूपमा एक महिना अघि नै बिदा बस्ने योजना बनाएका थिए। तर, गृहमन्त्री रमेश लेखकले ‘अहिले नबस्नु, अर्को आईजीपी तय भएपछि मात्रै बस्नु’ भनेपछि उनी रोकिएका थिए।

आईजीपी कुँवर ‘ब्याच नम्बर १०८’ का सदस्य हुन्, जसका अधिकांश सहकर्मीहरू पहिले नै बिदामा गइसकेका छन्। आईजीपी पदका मुख्य दावेदारहरूमा डीआईजी दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी रहेका छन्।प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार थापाको सम्भावना बलियो देखिएको छ।

आईजीपी कुँवर ‘ब्याच नम्बर १०८’ का सदस्य हुन्, जसका अधिकांश सहकर्मीहरू पहिले नै बिदामा गइसकेका छन्। आईजीपी पदका मुख्य दावेदारहरूमा डीआईजी दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी रहेका छन्। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार थापाको सम्भावना बलियो देखिएको छ।

त्यही व्याचका केही अधिकृतहरू मध्ये गणेश चन्द र भगवानसिंह विष्टलाई विशेष प्रहरी सेवामा पठाइएको थियो। हाल चन्द सुदूरपश्चिम प्रदेश प्रमुखका रूपमा कार्यरत छन् भने विष्टले पहिल्यै जागिर त्यागेर अमेरिका गइसकेका छन्।

यसै सैगरी, २०५२ साल कात्तिक २७ गते थप ४० जनालाई नियुक्त गरिएको थियो, जसमा चन्द्रकुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल लगायतका छन्।

उनको अवकाशको मिति नजिकिँदै गर्दा प्रहरीमा नयाँ नेतृत्वका लागि संघर्ष सुरु भइकसेको छ। नयाँ नेतृत्वकालागि तीन प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) बीच प्रतिस्पर्धा छ।

जसमा दीपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ छन्। एआइजी थापा हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत छन् भने गिरी प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन्।

उनीहरुमध्ये थापालाई नै भावी आईजीपीका रुपमा हेरिएको छ। थापाको सबै राजनीतिक दलको नेतृत्वसँग सुमधुर सम्बन्ध रहेकाले पनि उनलाई सबैभन्दा बलिया दाबेदार मानिएको छ। एआइजी गिरीको पनि कांग्रेस नेताहरुसँग घनिष्ट सम्बन्ध छ।

उनी त्यही सम्बन्ध प्रयोग गर्ने प्रयासमा छन्। एआइजी तामाङ भने खासै लबिइङमा लागेका छैनन्। अहिलेकै प्रावधान अुनसार उनीहरुमध्ये बाट ६ महिनाका लागि आईजीपीमा नियुक्त हुनेछन्। अर्कोतर्फ ३० वर्षेसेवाहद हटाउने सम्बन्धि प्रहरी ऐनको मस्यौदा पनि मन्त्रिपरिषद् पुगिसकेको छ। सो मस्यौदाबारे संसदमा छलफल चलिहरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *